Redirecting...

आजदेखि नागढुंगा-नौबिसे-मलेखु सडक दैनिक ५ घण्टा बन्द हुने - www.meroauto.com

आजदेखि नागढुंगा-नौबिसे-मलेखु सडक दैनिक ५ घण्टा बन्द हुने - www.meroauto.com
Source: meau

काठमाडौं । नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुनः दैनिक ५ घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र तथा सडक चौडा गर्नुपर्ने भएकाले दिउँसोमा सडक बन्द गरी कामलाई तीव्रता दिन लागिएको हो । मंसिर २४ गतेदेखि सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनका कारण २६ र २७ गते सडक खुला गरिएको थियो । आजदेखि फेरि बन्द गरेर कामलाई गति दिन लागिएको हो । आयोजनाका अनुसार बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म सडक आवागमन बन्द हुनेछ। उक्त समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको छ। सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण गरिने छ । मुग्लिङबाट काठमाडौंतर्फ जाने सवारी साधन खानीखोला -नौबिस), जुंगेखोला -थाक्रे), गल्छी-गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ। यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला-रामकोट-भीमढुंगा-धार्के सडक, सामाखुसी-टोखा-छहरे-त्रिशूली-गल्छी सडक, जरेखेतस्थित त्रिशूली पुलबाट त्रिशूलीपारिको बाटो हुँदै घाटबेसीको त्रिशूली पुल प्रयोग गरी वैकल्पिक मार्ग अपनाउन सकिने ट्राफिक प्रहरीको भनाइ छ । The post आजदेखि नागढुंगा-नौबिसे-मलेखु सडक दैनिक ५ घण्टा बन्द हुने appeared first on Meroauto.