नेपालगंजमा खुल्यो डोङफेङ र दीपलको अत्याधुनिक शोरुम - www.meroauto.com
नेपालगंज । पश्चिम नेपालको प्रमुख शहर नेपालगंजमा डोङफेङ र दीपलको अत्याधुनिक शोरुम खुलेको छ । नेपालका लागि दीपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालगंजमा डोङफेङ र दीपलको नयाँ शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुम पानास अटोमोटिभले संचालन गर्नेछ । देशव्यापी ईभी नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा नयाँ शोरुम कोसेढुङ्गा सावित हुने कम्पनीको भनाइ छ । नेपालगंजको नयाँ शोरुमले ग्राहकहरूलाई डोङफेङ र दीपलका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ। ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा जानकारी लिन सक्नेछन्। नयाँ शोरुम उद्घाटनकै अवसरमा नेपालगंजमा नामी भिगो र दीपल एस०५ सार्वजनिक गरिएको थियो । नेपालगंजमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प शोरुम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले नेपालगंजको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको छ। जहाँ ग्राहकले डोङफेङ र दीपलका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिन सक्ने छन् । साथै, आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्यांन, निःशुल्क चार्जर (७ किलोवाटर+३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहार पाउने छन् । The post नेपालगंजमा खुल्यो डोङफेङ र दीपलको अत्याधुनिक शोरुम appeared first on Meroauto.