Redirecting...

​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरण : नख्खु कारागारबाट भागेका सन्देश शर्मा पक्राउ - ukaalo.com

​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरण : नख्खु कारागारबाट भागेका सन्देश शर्मा पक्राउ - ukaalo.com
Source: uklo

काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ। उनलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए।