उम्मेदवारी दिएपछि पोखरेलले भने- पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक मानौँ - farakdhar.com
Source: FRDH
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले साङ्गठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । सोमबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठिक ढङ्गले चलाउनको लागि भएको बताए । उनले भने, ‘हाम्रो पार्टीको साङ्गठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो । तपाइहरूलाई अनौठो लाग्ला यो स्वाभाविक हो । उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । पार्टीलाई वास्तविक रूपमा सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठि...