Redirecting...

मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित - www.hamrokhelkud.com

मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – एडेन् मार्करमको शानदार शतक, म्याथ्यु ब्रिट्ज्के र डेवाल्ड ब्रेभिसको अर्धशतकले दक्षिण अफ्रिकाले ३ सय ५९ रनको ठूलो लक्ष्य पछ्याउँदै आज घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको जितपछि ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ। रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेल अत्यन्त रोमाञ्चक रह्यो। दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको गरेको भारतले विराट कोहली र ऋतुराज गायकवाडको शतकसँगै ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनाएका थियो । जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाका मार्करमले ९८ बलमा १ सय १० रन बनाएर इनिङलाई लाई मजबुत बनाए ‌ । ब्रिट्ज्केले ६८ र ब्रेभिसले ५४ रन जोडेर मध्यमक्रमलाई बलियो बनाइदिए। ६ विकेटको क्षतिमा ४ बल बाँकी रहँदा दक्षिण अफ्रिकाले लक्ष्य पूरा गरेको थियो। मार्करमले कप्तान टेम्बा बावुमा (४६) सँग दोस्रो विकेटको लागि १ सय १ र ब्रिट्ज्केसँग ७० रनको साझेदारी गरे। मार्करमले ५३ रनमा यशस्वी जयसवालले क्याच छाडेको फाइदा पूरा उठाए। त्यसपछि ब्रिट्ज्के र ब्रेभिसले चौथो विकेटका लागि ९२ रनको साझेदारी गर्दै टोलीलाई जित तर्फ अघि बढाए। भारतले बलिङ र फिल्डिङ दुवैमा गल्ती गर्दा दक्षिण अफ्रिकालाई थप मद्दत भयो। अन्त्यतिर कोर्बिन बोस्चले अविजित २९ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए। ३ सय ५९ रनको लक्ष्य पछ्याइनु भारतविरुद्धको संयुक्त सबैभन्दा ठूलो सफल लक्ष्य पूरा गर्नु पनि हो। सन् २०१९ मा मोहालीमा अस्ट्रेलियाले गरेको समान उपलब्धिसँग दक्षिण अफ्रिकाले बराबरी गरेको छ। दुई टोली बीचको तेस्रो तथा निर्णायक खेल शनिवार विशाखापत्तनममा हुनेछ ।The post मार्करमको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको‌ जित first appeared on हाम्रो खेलकुद.