जापानको बेरोजगारी दर चार महिनादेखि स्थिर, नयाँ कर्मचारी भर्ना गर्न कम्पनी संकोचमा - farakdhar.com
Source: FRDH
जापानको बेरोजगारी दर लगातार चौथो महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल बेरोजगारको संख्या १७ लाख २० हजारमा यथावत् रहेको छ । रोजगारीमा संलग्न जनसंख्या भने अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशत घट्दै ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारीको पृष्ठभूमिमा गहिरिँदै गरेको विविध कारण देखिएको छ । मन्त्रालयका अनुसार ८ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि भएको हो । त्यस्...