राप्रपामा लिङ्देन र राणा पक्षका युवाहरूबीच हानाहान - kendrabindu.com
Source: kend
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन स्थलमा झडप भएकाे छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हात हालाहाल भएको हो। आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन समारोह सुरु नहुँदै दुई समूहका युवाहरू होहल्ला गर्दै हालाहाल गरेका थिए। विवाद बढेपछि अधिवेशन कार्यक्रम नै स्थगित भएको छ। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।