Redirecting...

एचआईडीसीएलको लाभांश घोषणा - www.onlinepana.com

एचआईडीसीएलको लाभांश घोषणा - www.onlinepana.com
Source: onpa

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । साथै कम्पनीले पुस २१ गतेका लागि वार्षिक साधारणसभा तय गरेको छ । वार्षिक साधारणसभाका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । The post एचआईडीसीएलको लाभांश घोषणा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).