Redirecting...

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने - www.onlinepana.com

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने - www.onlinepana.com
Source: onpa

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज सूर्योदय बिहान ६ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । The post हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).