आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव रहने - farakdhar.com
Source: FRDH
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती देशमा कुनै मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाइ छ ।