१०७ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित) - arthasanjal.com
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको चुनावमा भाग लिने १०७ दललाई चुनाव चिन्ह पाएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि दलहरुलाई चिन्ह प्रदान गरिएको हो। आयोगले प्रकाशित सुची अनुसार नै दलहरुको मतपत्रमा चुनाव चिन्हसमेत कायम हुने जनाएको छ। अघिल्लो चुनावमा समानुपातिक तर्फ प्राप्त मतका आधार आउँदो चुनावका लागि चुनाव चिन्ह कामय हुने कानुनी व्यवस्था छ। त्यसैअनुसार आयोगले चिन्ह प्रदान गर्दै मतपत्रको सूचीक्रम पनि सार्वजनिक गरेको हो। जसमा पहिलो नम्बरमा एमालेको चुनाव चिन्ह सूर्य छ भने अन्तिम अन्तिममा जनता लोकतान्त्रिक नेपालको भैंसी रहने भएको छ। दोस्रोमा कांग्रेसको रुख कायम हुने भएको छ भने तेस्रोमा नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्ह मतपत्रमा रहने भएको छ। कुन कुन दलले पाए चिन्ह: