Redirecting...

नागरिककर्मी श्रीराम राईको तेस्रो गीत सार्वजनिक - nagariknews.nagariknetwork.com

नागरिककर्मी श्रीराम राईको तेस्रो गीत सार्वजनिक - nagariknews.nagariknetwork.com
Source: ngrk

नगरिककर्मी श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ।गीतकार राईको शब्दलाई ओमप्रकाश राईले संगीत भरेका छन्। पाँच मिनेटको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’मा पेमा शेर्पा राईको सुमधुर स्वर छ ।गीतको एरेञ्ज सन्तोष प्रगाड राई, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन्। उनको गीतले बिर्सनु परे पनि सम्झनाको डोरो नटुट्ने पीडायुक्त प्रेम व्यक्त गरेको छ।२०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईको २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक भएको थियो। उनको ‘सञ्चो छ कि रोदन’ गीतलाई २०८१ मा नवराज पराजुलीले पनि स्वर दिएका छन्।१० बर्से शिक्षण पेसाको अनुभव सँगालेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखनसँगै नागरिक दैनिकमा कार्यरत छन् ।गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।‘आजका लघुकथा’ (संयुक्त लघुकथासंग्रह, २०७४) मा पाँच र ‘संयोग’ (संयुक्त लघुकथासंग्रह,२०७९) मा उनका तीन लघुकथा समावेश छन्। भर्खरै उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह प्रकाशनमा आएको छ।रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।