पब्जी विश्वकपको ग्रान्ड फाइनल आजदेखि, कस्तो होला नेपाली टिम होरा ईस्पोर्ट्सको प्रदर्शन ? - techpana.com
Source: tcpn
काठमाडौँ । नेपाली टिम होरा ईस्पोर्ट्स सहभागी भएको ‘पब्जी मोबाइल वर्ल्डकप २०२५’ (पीएमडब्लूसी) को फाइनल आज (शुक्रबार) देखि सुरु हुँदैछ । यसअघि ग्रुप स्टेज र सर्भाइभल स्टेजबाट छानिएका उत्कृष्ट १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् । १ देखि ३ अगस्टसम्म चल्ने प्रतियोगितामा हरेक दिन ६ ओटा खेल हुनेछन् । सम्पूर्ण १६ ओटै टिमले तीन दिनमा कुल १८ खेल खेल्नेछन् । ती खेलबाट उच्चतम अङ्क ल्याउने टिम नै विजेता बन्नेछ । त्यसैगरी दोस्रो तेस्रो हुँदै १६ औं स्थानसम्मका टिमको निर्धारण हुनेछ । ग्रान्ड फाइनलमा प्रवेश गरेसँगै नेपाली ...