Redirecting...

एमालेको नेतृत्व चयन गर्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा - www.pardafas.com

एमालेको नेतृत्व चयन गर्न मतदानको तयारी पूरा, प्रतिनिधि लाइनमा - www.pardafas.com
Source: pfds

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् । विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले बताएका छन् । उनका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । उनले भने, ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ ।’ मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।