Redirecting...

भृकुटीमण्डपमा ओली–पोखरेल एकसाथ देखिए, बाँड्न थाले लिस्ट - www.sutranews.com

भृकुटीमण्डपमा ओली–पोखरेल एकसाथ देखिए, बाँड्न थाले लिस्ट - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केहीबेरमा मतदान सुरू हुँदैछ। भृकुटीमण्डपस्थित बन्दसत्र हलमा माहोल तातिँदै गएको छ। मतदानस्थलमा अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छन्। उनीसँगै महासचिवका दावेदार शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे पनि उपस्थित छन्। अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पनि मतदानस्थलमा देखिए। ओली र ईश्वर एकै स्थानमा उनीहरूबीच भलाकुसारी भए पनि प्रतिस्पर्धाको तनाव स्पष्ट देखिन्थ्यो। ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र पोखरेलबीच सीधा टक्कर छ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की, परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तीन उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी मैदानमा छन्। नौ सचिव पदका लागि २० जनाको भिड छ। कुल २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्दैछन्। यसैबीच ओली समूहले जिम्मेवारी सूची वितरण गर्न थालेको छ। ओली निकटका अनुहारहरूलाई प्राथमिकतामा राखेर लिस्ट सार्वजनिक हुन थालेपछि पार्टीभित्रै ‘एकपक्षीय निर्णय’ भएको आरोप खुलेर उठ्न थालेको हो। महाधिवेशन एकताको सन्देश दिनुपर्ने घडीमा लिस्टले उल्टै गुटगत ध्रुवीकरणलाई थप स्पष्ट बनाएको छ।