‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ - www.odapalika.com
Source: odap
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसाको नाममा संगठित मानव तस्करी संचालन गरेको आरोपमा सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चालेको छ । आयोगले बिहीबार विशेष अदालतमा भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।