व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसका लागि सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । यसअघि बच्चाको मात्रै उमेर, नाम, थर वा अरु विवरण दर्ता भएको एक वर्षभित्र मात्रै सच्याउन पाउने व्यवस्था थियो । अब जो सुकैले पनि एक पटकका लागि विवरण सच्याउन पाउने ...