मधेस प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान - janatatimes.com
Source: jant
जनकपुर,मंसिर १७ । मधेस प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको छ ।प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरूलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रबार मंसिर १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरूलाई आह्वान गरेको छ । यो सँगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेस प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उहाँले बैठकमै राजीनामा दिएको घोषणा गर्नुभएकाे थियो ।