Redirecting...

कविता : मान्छेलाई जलवायुको पत्र - sahityapost.com

कविता : मान्छेलाई जलवायुको पत्र - sahityapost.com
Source: shpt

१.सूर्यको आभालाई खिचेरअन्नमा ब्रह्म निर्माण गर्नेवायु पान र सोधन गर्दैतिमीलाई प्राण दान गर्नेधराको बललाई बदलेरतिमीलाई वीर्यवान् बनाउनेमाटो, बुटो, वायु र तेज…तिमीलाई पिलाउने को होला ? २.कयौँ पटक…प्रजन्यका लागिचोखो पानीको खाँचो देखाउँदै,गरुँगो पानी पिएर…हलुका पानी दिने यज्ञ लाएकै हो ।तिम्रो आरोग्यताका लागिबुटी र ओखती बनेरधुरी, धारा र गिरीहरूमादिव्य विस्कुन फिँजाएकै हो । ३.तिम्रो ऋतुचक्रलाई जोगाउनमेरै वसन्त सुम्पिएकै हो ।तिम्रा तृष्णा र प्रेमल कुण्ठाको सम्बोधन गर्नमेरै अंशहरूले बलिदान गरेकै हो ।वसुधाका अंश हामी…आपसी कुटुम्ब पनि हौँ ।कुटुम्ब जोगाउँदा म पनि जोगिन्छु कि भन्नेत्यसैले युगान्तर आश लाएकै हो । ४.तिमी जोगिँदा मलाई मज्जा आउँछम जोगिँदा तिमीलाई ऊर्जा आउँछ ।तिम्रो निरन्तरताका लागि म जोगिनुपर्छ ।मेरो निरन्तरताका लागि…तिमीले के कर्म गर्न सक्छौ ? धेरै केही चाहिँदैनमात्र…भएको चाहिँ सपार्ने र बीज अंशलाई नबिगारे हुन्छजात र गुण मेटिने गरी वर्णसङ्कर नगरे हुन्छ ।।