Redirecting...

मुख्यमन्त्री सरोज यादवलाई कालो झण्डा, मदरसा विधेयक खारेजी को माग - www.pardafas.com

मुख्यमन्त्री सरोज यादवलाई कालो झण्डा, मदरसा विधेयक खारेजी को माग - www.pardafas.com
Source: pfds

मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक खारेजको माग गर्दै राष्ट्रिय एकता अभियानका नेता तथा कार्यकर्ताहरूले आज मुख्यमन्त्री सरोज यादवविरुद्ध जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजीसहित घेराबन्दी गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो प्रदर्शनकारीहरूले मदरसा विधेयक खारेज गर, मुस्लिम तुष्टिकरण राजनीतिक बन्द गर, राष्ट्रिय सुरक्षामा चुनौती, यो विधेयक हामीलाई चाहिँदैन, मजहबी शिक्षा खारेज गर,आतंकवादी शिक्षा खारेज गर, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नाराहरू लगाउँदै विरोध जनाए। स्थिति नियन्त्रणमा लिन धनुषा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रित गर्दै प्रदेश सभा परिसरको सुरक्षा कडा बनाएको छ। राष्ट्रिय एकता अभियानका नेताहरूले मदरसा विधेयक प्रदेशको सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र शैक्षिक संरचनामाथि खतरा पैदा गर्ने भन्दै तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेका छन्।