Redirecting...

जनसमर्थनले नेकपा एमाले कमजोर अझ बलियो बनेर अघि बढेको पुष्टि भएको छ : शंकर पोखरेल - janatatimes.com

जनसमर्थनले नेकपा एमाले कमजोर अझ बलियो बनेर अघि बढेको पुष्टि भएको छ : शंकर पोखरेल - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको बताउनु भएको छ । भक्तपुरमा शनिबार आयोजित ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्था संविधान, लोकतन्त्र र राष्ट्रिय स्थायित्वका दृष्टिले गम्भीर रहेको धारणा व्यक्त गर्नु भयो । महासचिव पोखरेलका अनुसार अहिले संविधान ‘घायल’ अवस्थामा छ, लोकतन्त्र संकटमा परेको छ र देश भय तथा त्रासको वातावरणतर्फ धकेलिन खोजिएको छ । यस्ता चुनौतीपूर्ण परिस्थितिका बीच पनि एमाले जनताको भरोसाको केन्द्र बनेर उभिएको उहाँको भनाइ थियो । उहाँले षड्यन्त्रका माध्यमबाट नेकपा एमालेलाई सरकारबाट बाहिर पारिएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी जनताको मनबाट बाहिर नपरेको स्पष्ट पार्नु भयो । ‘आज महाधिवेशन उद्घाटन समारोहमा देखिएको जनसहभागिताले नेकपा एमाले कमजोर भएको होइन, अझ बलियो भएर अघि बढेको छ भन्ने कुरा प्रमाणित गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो । नेपालको राजनीतिक आन्दोलनमा एमालेले पटक–पटक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै उहाँले २३ भदौमा घटाइएका घटनाहरू नवयुवाहरूको भावनामाथि खेल्दै देशलाई षड्यन्त्रको भुमरीमा फसाउने प्रयास भएको बताउनु भयो । त्यस्ता प्रयासविरुद्ध जनताले एमालेको पक्षमा उभिएर ऐतिहासिक समर्थन जनाउनु भएको उहाँको भनाइ थियो । महासचिव पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीले ‘संघर्ष र उत्सव’ दुवैको रूपमा लिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार एमाले स्वाधीनता र स्वाभिमानको पक्षमा सधैँ अग्रणी पार्टीका रूपमा उभिँदै आएको छ । एमालेले निराश र मुर्झाएका जनताका सपनालाई जागृत गराएको भन्दै उहाँले देशलाई नयाँ दिशामा अघि बढाउन पार्टी फेरि जनताको बीचमा जाने स्पष्ट पार्नु भयो ।