Redirecting...

विश्‍व घटना : १ करोड २० लाख वर्षअघि जब मानिस हिँड्न थाल्यो - www.nepaliheadline.com

विश्‍व घटना : १ करोड २० लाख वर्षअघि जब मानिस हिँड्न थाल्यो - www.nepaliheadline.com
Source: nplh

काठमाडौं- आज ७ नोभेम्बर। विश्‍व इतिहासमा आजको दिन विभिन्‍न घटना भएका थिए। र, तिनै घटनाले ७ नोभेम्बरलाई स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप। – सन् १९८७- ट्युनिसियामा ‘कु’ भूमध्य सागरसँग जोडिएको उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा आजकै दिन रक्तपातविहीन ‘कु’ भएको थियो। राष्‍ट्रपति हबिब बोर्गिबालाई हटाएर जाइन एक अबिदिने बेन अलीले सत्ता कब्जा गरेका थिए। – सन् १९४७- थाइल्यान्डमा ‘कु’ सन् १९४७ मा आजकै दिन थाइल्यान्डमा पनि सैन्य ‘कु’ भएको थियो। तत्कालीन प्रधानमन्त्री थवान थाम्रोङ नवासवातलाई हटाएर खुवाङ अफाइवोङले सत्ता कब्जा गरेका थिए। – सन् १९१७- अक्टोबर क्रान्ति रुसमा आजकै दिन भ्लादिमिर लेनिन नेतृत्वमा रहेका बोल्सेभिकहरूले शीतकालीन दरबार कब्जा गरेका थिए, जसलाई अक्टोबर क्रान्तिको नाम दिइयो। जार शाही ढलेपछि गठित अस्थायी सरकारको शासन आजकै दिन समाप्त भएको थियो। र, रुसमा सबै शक्ति कम्युनिस्टहरूले हत्याएका थिए। – सन् १९१६- अमेरिकी कंग्रेसमा पहिलो महिला सांसद १०७ वर्षअघि आजकै दिन अमेरिकी कंग्रेसमा पहिलोपटक महिला सांसद निर्वाचित भएकी थिइन्। उनको नाम थियो, जिनेट रान्किन। उनी मोन्टानाबाट कंग्रेसमा निर्वाचित भएकी थिइन्। – सन् १८६९- पहिलो अन्तर नगर साइकल दौड १५६ वर्षअघि आजकै दिन फ्रान्समा अन्तर नगर साइकल दौड प्रतियोगिता आयोजना भएको थियो। राजधानी पेरिस र रुअन नगरको १३४.९५ किलोमिटरमा उक्त दौड भएको थियो। बेलायतका जेम्स मुरेले उक्त दौड जितेका थिए। – सन् २०००- विवादास्पद अमेरिकी राष्‍ट्रपति चुनाव सन् २००० मा आजकै दिन अमेरिकी राष्‍ट्रपतिको चुनावमा सांख्यिकीय टाई समाप्त भएको थियो। डेमोक्र्याट उम्मेदवार अल गोर र रिपब्लिकन जर्ज डब्लू बुसबीच भएको चुनावमा बुसले जित हात पारेका थिए। उक्त चुनावमा चर्को विवाद भएको थियो। सोही वर्ष १२ डिसेम्बरमा अमेरिकाको सर्वोच्च अदालतले कानूनी विवाद अन्त्य गरेको थियो। – सन् २०२०- उपराष्‍ट्रपतिकै रेकर्डमा खुम्चिइन् कमला ह्यारिस सन् २०२० मा आजकै दिन कमला ह्यारिस अमेरिकाको उपराष्‍ट्रपति निर्वाचित भएकी थिइन्। उनी अमेरिकाको उपराष्‍ट्रपति बन्‍ने पहिलो महिला हुन्। अफ्रिकन-अमेरिकन तथा एसियन-अमेरिकन दुवै समुदायबाट अमेरिकाको पहिलो उपराष्‍ट्रपति पनि हुन्। यस्तै, अमेरिकी राष्‍ट्रपति उम्मेदवारका रूपमा मनोनित हुने उनी दोस्रो महिला हुन्। यसअघि हिलारी क्लिन्टनले ह्यारिसकै डेमोक्र्याट पार्टीबाट राष्‍ट्रपति उम्मेदवार बन्‍ने अवसर पाएकी थिइन्। सन् २०२४ मा सम्पन्‍न राष्‍ट्रपति चुनावमा उनी पूर्वराष्‍ट्रपति डोनाल्ड ट्रम्पसँग फराकिलो मतान्तरका साथ पराजित भइन्। त्यससँगै उनले राखेको रेकर्ड उपराष्‍ट्रपति पदमै सीमित बन्यो। – सन् २०२१- ६ घण्टाको अन्तरिक्ष यात्रा सन् २०२१ मा आजकै दिन चिनियाँ अन्तरिक्ष यात्री टाइकोनट वाङ यापिङले ६ घण्टासम्म स्पेस वाक गरेर रेकर्ड राखेकी थिइन्। उनी सेन्चोऊ-१३ मिसनमा अन्तरिक्षमा पुगेकी थिइन्। – सन् २०१९- १ करोड २० लाख वर्षअघि जब मानिस हिँड्न थाल्यो सन् २०१९ मा आजकै दिन प्रकाशित एक रिपोर्टअनुसार आधुनिक मानिसले १ करोड २० वर्ष अघिदेखि दुई खुट्टा टेकेर हिँड्न थालेको खुलासा भएको थियो। यसअघि ६० लाख वर्ष अघिदेखि मानिस हिँड्न थालेको बताइने गरेको थियो। जर्मनीको बाभारियामा फेला परेको बाँदरको एक नयाँ प्रजातिको अध्ययनका क्रममा उक्त तथ्य पुष्‍टि भएको ‘द नेचर’मा प्रकाशित रिपोर्टमा उल्लेख छ। – सन् २०२३- ओहायोमा गर्भपतन र गाँजा तान्‍न छुट सन् २०२३ मा आजकै दिन अमेरिकाको ओहायो राज्यमा गर्भपतन र गाँजा प्रयोग गर्न पाइने कानून मतदाताले स्वीकार गरेका थिए। एकैपटक भएका दुईवटा जनमत संग्रहमार्फत ती दुवै विवाद अन्त्य गरिएको थियो। र, मतदाताले दुवै विषयलाई संविधानअनुसार वैध भएको मत दिएका थिए।