बलिउड ‘इभेन्ट सिनेमा’ तर्फ - farakdhar.com
Source: FRDH
भारतको बलिउड उद्योग ठूलो स्केल, तीव्र टकराब र भव्य प्रस्तुतिमा आधारित सिनेमातर्फ निर्णायक रूपमा उन्मुख भइरहेको छ । देशभक्ति, तमासा र स्पष्ट वैचारिक सन्देशलाई प्राथमिकता दिने यो प्रवृत्तिले सूक्ष्म कथा र जोखिमपूर्ण प्रयोगलाई पछाडि पार्दै लगेको उद्योगका जानकारहरू बताउँछन् । विश्लेषकहरू यस प्रवृत्तिलाई ‘इभेन्ट सिनेमा’ का रूपमा वर्णन गर्छन् । स्टुडियोहरूले विशेषगरी स्मार्ट फोनमा बढी अभ्यस्त जेन–जेड दर्शकलाई पुनः हलसम्म ल्याउन ठूलो बजेट, भव्य दृश्य र चर्चित कलाकारमा दाउ लगाइरहेका छन् । यो रणनीतिले सकारात्मक सङ्केत दे...