आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले बालेनसहित क-कसलाई सोध्यो स्पष्टीकरण ? - farakdhar.com
Source: FRDH
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेष पूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् । जस अन्तर्...