Redirecting...

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर खान पक्राउ - kendrabindu.com

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर खान पक्राउ - kendrabindu.com
Source: kend

जनकपुर । समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो । उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए । उनले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्दै आएका थिए ।