पृथ्वीसुब्बा भन्छन्- मुलुक र लोकतन्त्रको रक्षाका लागि प्रजातान्त्रिक शक्ति एकजुट हुनैपर्छ - farakdhar.com
Source: FRDH
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वाधिनताका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्रले आज व्यास–३ मा आयोजना गरेको ५७ औ स्मृति दिवस तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले नेपालमाथि विभिन्न शक्तिबाट आक्रमणको प्रयास भइरहेको बताउँदै स्वाधिनता रक्षाका लागि सबै लोकतन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए । उपाध्यक्ष गुरुङले मुलुकलाई फेरि पछाडि फर्काउने प्रयास गरिएको भन्दै त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए । उनले ...