Redirecting...

‘हर्ष’को व्यापारमा विष्मात - www.sutranews.com

‘हर्ष’को व्यापारमा विष्मात - www.sutranews.com
Source: sutr

काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनीत फिल्म ‘हर्ष’ले घरेलु बक्सअफिसमा मध्यम व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिस ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ रुपैयाँ ग्रस कमाइ गरेको छ। सोही अवधिसम्म फिल्मका ८ हजार ७६६ वटा टिकट बिक्री भएका छन्। ‘हर्ष’ एकता पौडेलको पहिलो निर्देशन हो। एकता दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी भएकाले फिल्मप्रति उद्योगभित्र खासै ध्यान तानिएको थियो। तर डेब्यु फिचर फिल्मको बक्सअफिस यात्रा भने अपेक्षाकृत कमजोर रह्यो। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीलगायतको अभिनय छ। अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेलले आफैं लेखेकी हुन्। सशक्त कलाकार र नयाँ निर्देशकको संयोजन भए पनि फिल्मको प्रारम्भिक बक्सअफिस परिणाम निराशाजनक देखियो।