आईजीपी कार्की भन्छन्- प्रहरीलाई चाहिँदा भाँडो, नचाहिँदा ठाँडो बनाइयो - nepalnews.com
Source: NPNW
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा हुने सबै किसिमका आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन्। उनले प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको भन्दै गुनासो पनि गरे। जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। “मूलभूत रूपमा प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए। नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ। यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ,” कार्कीले भने।