Redirecting...

यु-१९ एसिया कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै - farakdhar.com

यु-१९ एसिया कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै - farakdhar.com
Source: FRDH

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपालले बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो । बंगलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । उ सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।