टोटनहमले लिड्स युनाइटेडलाई हरायो - www.hamrokhelkud.com
एजेन्सी – मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ। टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। भारी वर्षाबीच भएको खेलमा टोटनहमले घरेलु टोली विरुद्ध पहिले अग्रता बनायो। कुदुसको पासमा टेलले खेलको २३ औं मिनेटमा गोल गरे। तर यो अग्रता ३४ औं मिनेटमा नै तोडियो। नोआ ओकाफोरले लिड्सको लागि बराबरी गोल फर्काए। पहिलो हाफ १-१ होलको बराबरीमा सकियो। खेलको ५७ औं मिनेटमा कुदुसले गोल गरे। सोही होल निर्णायक बन्यो। टोटनहमले लिड्सलाई २-१ को हार चखायो। लिड्सले घरेलु मैदनामा एक वर्षपछि हार बेहोरेको हो। चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ।The post टोटनहमले लिड्स युनाइटेडलाई हरायो first appeared on हाम्रो खेलकुद.