एक वर्षपछि फ्रान्सको टोलीमा कान्टेको पुनरागमन - ehimalayatimes.com
पेरिस । फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा एक वर्षपछि अनुभवी मिडफिल्डर एन्गोलो कान्टेले पुनरागमन गर्नुभएको छ । आगामी नोभेम्बर १३ मा युक्रेन र १६ मा अजरबैजानविरुद्ध विश्वकप छनोटका खेल खेल्ने तयारीमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले उहाँलाई पनि समेट्नुभएको हो । गत वर्ष नोभेम्बरमा इजरायलविरुद्धको खेलपछि फ्रान्सका मिडफिल्डरलाई राष्ट्रिय टोलीमा समावेश गरिएको थिएन । चेल्सी छोडेर सन् २०२३ देखि साउदी प्रो लिगको क्लब अल-इत्तिहादका लागि खेलिरहनुभएका कान्टे अहिले पनि उत्कृष्ट लयमा हुनुहुन्छ । ३४ वर्ष उमेर पुगिसके पनि विश्वकप विजेता यी स्टारले अझै उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । कान्टेलाई टोलीमा बोलाउनेबारे प्रशिक्षक डेसच्याम्पले भन्नुभयो, ‘उनी अहिले आफ्नो उत्कृष्ट लयमा छन् । उनलाई टोलीमा समावेश गर्नमात्र होइन, महŒवपूर्ण भूमिका खेलोस् भन्ने अपेक्षासहित बोलाएको हुँ ।’ युरोपेली विश्वकप छनोटको समूह ‘डी’ का चार खेलमा १० अंकसहित फ्रान्स शीर्ष स्थानमा छ । सात अंकसहित युक्रेन दोस्रो स्थानमा छ । युक्रेनलाई पराजित गर्न सके फ्रान्सले सन् १९९८ र २०१८ मा जस्तै २०२६ विश्वकपको टिकट पक्का गर्नेछ । एजेन्सी