Redirecting...

राष्ट्रवादी अडान र मुलुकलाई नेतृत्व गर्ने क्षमता केपी शर्मा ओलीमा नै छ :  विष्णु रिमाल - janatatimes.com

राष्ट्रवादी अडान र मुलुकलाई नेतृत्व गर्ने क्षमता केपी शर्मा ओलीमा नै छ :  विष्णु रिमाल - janatatimes.com
Source: jant

काठमाडौं, मङ्सिर १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा ‘नीति र नेतृत्व’ सम्बन्धी कुनै विवाद नहुने स्पष्ट पार्नुभएको छ । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले लामो इतिहास, निरन्तर सङ्घर्ष र अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट परिपक्व बनेको एमालेभित्र स्वस्थ प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो। ‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन, हामी जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशनका रूपमा लिएर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यतर्फ अघि बढिरहेका छौँ, यही स्थिर नीति, राष्ट्रवादी अडान र मुलुकलाई नेतृत्व गर्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमै छ’, उहाँले भन्नुभयो । उहाँले मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नु पर्ने बताउनुभयो । बाहिर भइरहेका चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन, चुनाव भए पार्टीमा समस्या आउँछ भन्ने जस्ता कुरा यथार्थ नभएको रिमालले प्रष्ट पार्नुभयो । एमालेको ११औँ महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४ बढी प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रम तय गरिएको छ।