तातो पानी किन उपयोगी ? - ehimalayatimes.com
काठमाडौं । पानी मानव जीवनका लागि अनिवार्य तत्व हो । शरीरको ठूलो हिस्सा पानीले बनेको हुन्छ, त्यसैले स्वस्थ रहन पर्याप्त पानी पिउनु आवश्यक मानिन्छ । विज्ञहरूका अनुसार दैनिक ६–७ लिटर शुद्ध पानी पिउनु उपयुक्त हुन्छ । चिसो र तातो दुवै पानी पिउन मिल्ने भए पनि स्वास्थ्यका हिसाबले तातो पानी बढी लाभदायी देखिन्छ । तातो पानीले शरीरको शुद्धीकरण गर्नुका साथै पाचन सुधार्ने, मोटोपना नियन्त्रण गर्ने र चिसोबाट जोगाउने काम गर्छ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कन मद्दत मिल्छ । कागती वा मह मिसाएर पिउँदा यसको प्रभाव अझ बढ्छ । नियमित तातो पानी पिउनाले कब्जियत कम हुन्छ र पाचन प्रणाली सक्रिय रहन्छ । यसैगरी, तातो पानीले भोक नियन्त्रण गरी तौल घटाउन सहयोग पुर्याउँछ । चिसो, घाँटी दुखाइ वा टन्सिलको समस्या हुँदा तातो पानी फाइदाजनक हुन्छ । नुन मिसाएको तातो पानीले अझ राहत दिन्छ । साथै, महिलामा महिनावारीका बेला हुने पेट दुखाइ कम गर्न पनि तातो पानी उपयोगी मानिन्छ ।