Redirecting...

भदौ २३ र २४ को हिंसा र तोडफोडमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन– कार्की - janatatimes.com

भदौ २३ र २४ को हिंसा र तोडफोडमा कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन– कार्की - janatatimes.com
Source: jant

काठमाडौँ, २० असोज । भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताउनुभएको छ । यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा प्रतिवेदनअगाडि कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। गृहमन्त्रालयले जारी गरेको त्यस्तो निर्देशनको चौतर्फी विरोध भएको थियो। आयोग अध्यक्ष कार्कीले भने भदौ २३ र २४ गते भएका फौजदारी कानुन आकर्षित हुने घटनाको छानबिन गर्न नियमित कानुनी प्रक्रियाबाट कुनै अवरोध नहुने बताउनुभएको छ। अध्यक्ष कार्कीले भन्नुभएको छ– ‘फौजदारी अभियोगमा अनुसन्धान र कारबाही गर्नका लागि जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु पर्दैन, नियमित प्रक्रियामा अनुसन्धान तहकिकात गर्न अवरोध छैन, तालुक निकायका नियमित फौजदारी अनुसन्धान रोक्ने आयोगको प्रक्रियामा पर्दैन।’ यसअघि गृहको विज्ञप्तिमा ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने’ भन्दै नियमित कानुनी प्रक्रिया अगाडि बढाइरहेका प्रहरीलगायत निकायलाई निरुत्साहित गरिएको थियो।