आरजु देउवा दुई ठाउँबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई स्थानबाट उम्मेदवार सिफारिस भएकी छिन् । उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारीका लागि सिफारिस भएकी हुन् । कैलाली ५ मा उनीसहित चारजना उम्मेदवारको नाम सिफारिस भएको छ । बर्दिया २ मा आरजुसहित कुल १० जनाको नाम सिफारिस गरिएको छ । बर्दियामा सहमहामन्त्री किशोरसिंह राठौर पहिलो नम्बरमा छन् । यस्तै, आरजुको नाम दोस्रो नम्बरमा रहेको छ ।