एमाले महाधिवेशन प्रतिनिधि बनिन् सुनिता डंगोल - barnanmedia.com
Source: bnmm
काठमाडौँ । सुनिता डंगोल नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि बनेकी छन् । १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत भएका मध्य ४९ औँ नम्बरमा डंगोलको नाम छ । डंगोल काठमाडौँ महानगरपालिकाको उपमेयर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् । महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ जसमा नयाँ नेतृत्व चयन मुख्य एजेण्डा रहनेछ ।