Redirecting...

एमाले अध्यक्ष केपी ओलीकाे सन्देश : विवेकको ज्योतिबाट आत्मबोध जागृत गरौँ - janatatimes.com

एमाले अध्यक्ष केपी ओलीकाे सन्देश : विवेकको ज्योतिबाट आत्मबोध जागृत गरौँ - janatatimes.com
Source: jant

काठमाडौं, फागुन २। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाशिवरात्रि आत्मसंयम, उपवास, जागरण र अन्तर्मनसँग संवाद गर्ने पवित्र पर्व भएको उल्लेख गर्नुभएको छ। आज महाशिवरात्रिका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले आफ्नो सन्देशमा ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने प्रतीकात्मक स्वरूप नै पशुपित नाथा भएको उल्लेख गर्नुभएको छ। लोभ, क्रोध, मोह र अहंकारजस्ता पाश (बन्धन)बाट मनलाई मुक्त गर्दै स्वतन्त्र, शान्त र आनन्दित बनाउने मार्ग नै पशुपतिनाथको सन्देश भएको उहाँले स्पष्ट पार्नुभएको छ। अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सहेर पनि शान्त रहने धैर्य तथा नश्वरताको बोधसहित अनासक्त जीवन जिउने प्रेरणा महादेवबाट प्राप्त हुने बताउनुभएको छ। उहाँका अनुसार बाहिरी कोलाहलभन्दा भित्री विवेकमै सत्य निहित रहेको छ। उहाँले यस पवित्र अवसरमा सबै नेपालीले आफ्नै विवेकको सत्य फेला पार्न सकून् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् भन्ने कामना गर्नुभएको छ। सन्देशमा उहाँले ‘जय राष्ट्रदेव, महादेव भगवान पशुपतिनाथ! हर हर महादेव!’ भन्दै सम्पूर्ण श्रद्धालुजनमा शुभ महाशिवरात्रिको मंगलकामना व्यक्त गर्नुभएको छ।