सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम मौका - farakdhar.com
Source: FRDH
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोली सोमबार समूह चरणको चौथो तथा अन्तिम खेल खेल्दैछ । नेपाल चौथो खेलमा स्कटल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो पटक विश्वकप छनोटमा स्थान बनाएको नेपालका लागि सोमबारको खेल अति महत्वपूर्ण छ । शनिबार टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाल भोलिको खेल गुमाए प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले स्कटल्याण्डविरुद्धको खेल नेपालले जित्नै पर्ने दबाब छ । साथै नेपालले सुपर सिक्सको यात्रा कायम गर्न अरु टोलीको नतिजामा पनि भर पर्नु प...