गोवाको नाइट क्लबमा आगलागी : ज्यान गुमाउने २५ मध्ये ४ जना नेपाली - www.pardafas.com
Source: pfds
गोवास्थित एक नाइट क्लबमा शनिबार राति लागेको आगलागीमा ज्यान गुमाउने २५ जनामध्ये २० जना त्यहाँ कार्यरत स्टाफ रहेको गोवा प्रहरीले जनाएको छ। ती स्टाफमध्ये चार जना नेपाली नागरिक पनि परेका छन्। ज्यान गुमाउने नेपाली नागरिक चूर्ण बहादुर पुन, विवेक कटवाल, सुदीप र सविनको पहिचान भएको छ। चार जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ र शव गोवाकै अस्पतालमा राखिएको छ। गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय गर्दै चारै जनाको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइरहेको गोवा प्रहरीले जनाएको छ।