Redirecting...

कविता : नपढेको छोरो - sahityapost.com

कविता : नपढेको छोरो - sahityapost.com
Source: shpt

पढेको छोरो दस वर्षदेखि साथ छैनप्लस टु पढ्न गाउँ छोड्योब्याचलर गर्न सहर झर्‍यो ।अहिले जागिर गर्न घरबाटटाढा एक्लै बस्दै छ । बन्नुपर्छ, गर्नुपर्छ भनेर सिकाएको मैले नै हो ।ठुलो विश्वास र उठाउन नसकिने भारी बोकेर होलाआज घर चिन्न जानेन उसले । नपढेको छोरो घरमै छसँगै छ! दुःख–सुख हुँदा हात बटार्छसन्चो–बिसन्चो हुँदा हात डोर्‍याएर हिँड्छ।चुलोचौको गर्छ, घर स्याहार्छघरको इज्जत बनेको छ । आफ्नी आमाको चिन्ताविश्वासिलो पात्र अनि ‘नानी’ बनेको छ ।हरेक पटक घर एक्लै हुँदा उ छऊसँग घर छ र पो घर सुन्दर बनेको छ। बा भन्नुहुन्छ होला सायदछोरो पढाऊँ साथ हुन्ननपढाऊँ इज्जत हुन्न ।