Redirecting...

उत्पादन हुने खेत बाँझै छ, कोदो दिवस मनाउँदै सरकार - ehimalayatimes.com

उत्पादन हुने खेत बाँझै छ, कोदो दिवस मनाउँदै सरकार - ehimalayatimes.com
Source: hmlt

ओखलढुंगा । नेपाल सरकारले साउन १६ गते कोदो दिवस मनाउन शुरु गरेको छ । सरकारले कोदो जन्य बालीहरुको आयात रोक्न तथा उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन शुरु गरेको हो । ओखलढुंगा जिल्लामा कोदो बालीको उत्पादन घट्दोक्रममा रहेको देखिन्छ । कृषीज्ञान केन्द्र ओखलढुंगाले सार्वजनिक गरेको तथ्याँक अनुसार जिल्लामा कोदोको उत्पादन घट्दोक्रममा रहेको छ । आर्थीक वर्ष ०७९/८० मा १९ हजार ३ सय ७८ मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थीक वर्ष ०८०/८१ मा १२ हजार ५ सय १७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । यो तथ्याँकअनुसार एक आर्थीक वर्षमा नै कोदो उत्पादनमा ६ हजार ८ सय ६१ मेट्रिक टनले घटेको छ । तर जिल्ला कृषीज्ञान केन्द्रले सार्वजनिक गरेको तथ्याँकमा कोदो खेति गर्ने जग्गा भने घटेको देखिँदैन, ७ हजार ५ सय ५१ हेक्टरमा कोदो खेति भईरहेको देखाएको छ । मकै, फापर, जौ, गहुँ बालीको उत्पादन पनि घट्दोक्रममा रहेको छ । कोदो खेति गर्न झन्जटीलो लगानी बढी, अम्दानी कम हुने भएकाले कोदो उत्पादन गर्न छोडेको मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीका पूर्व वडाअध्यक्ष प्रदिप बाँनीयाले बताउनु भयो । अधिकाँश युवाहरु विदेश जाने गाउँघरमा खेताला पनि नपाउने कारणले कोदो लगायतको खेति कम भएको छ । किसानलाई राज्यले पनि बेवास्ता गर्ने र नेपालमा कृषी पेशालाई तुच्छ पेशाको रुपमा हेर्ने भएकाले कृषी पेशामा युवाहरुको आकर्षण नभएको स्थानीय जानकारहरुले बताउने गरेका छन् । ओखलढुंगा जिल्लामा २३ हजार ८ सय ७० हेक्टर जमिन खेतियोग्य छ । संभावित सिँचाइ हुने जग्गा १७ हजार २ सय ४४ हेक्टर रहेको छ भने वर्षभरी मौसमी सिञ्चित हुने जग्गा ९ हजार १ सय ६ हेक्टर रहेको छ । आकाशको पानीले मात्र सिञ्चित हुने जग्गा ८ हजार १ सय ३८ हेक्टर छ ।आधुनिक रुपमा विउबिजनको प्रयोग गरेर प्रविधिमैत्री कोदोको खेति नगरे सम्म किसानलाई फाइदा नहुने सिद्धिचरण नगरपालिका वडा नं ९ का वडाअध्यक्ष गुण बहादुर खड्काले बताउनु भयो । यो भन्दा अगाडीका वर्षहरुमा असार १५ गते धान दिवस मनाउदै आएको सरकारले, यो वर्ष देखि साउन १६ गते कोदो दिवस पनि मनाउन शुरु गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३ सय १६ मेट्रिक टन कोदो जन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ ।