विश्वकै लामो ‘चट्याङ प्रकाश’ रेकर्ड - farakdhar.com
Source: FRDH
संयुक्त राज्य अमेरिकामा ८२९ किलोमिटर (५१५ माइल)सम्म फैलिएको सबैभन्दा लामो दूरीको चट्याङ पर्दा निस्कने बिजुलीको प्रकाश (सौदामिनी)को नयाँ विश्व रेकर्ड बिहीबार घोषणा गरिएको छ । विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो । संगठनको संयुक्त राज्य अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ रेकर्ड प्रमाणित गरेको छ । संयुक्त राष्ट्रसंघको मौसम मामिला निकाय (डब्लूएम...