‘दक्ष प्रजापतिको टाउको’लाई के गर्छन्, केपी ओली ? - farakdhar.com
Source: FRDH
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अर्थात् खड्गप्रसाद शर्मा ओली,जसलाई पार्टीभित्रै ‘जबजको जनैमात्र भिरेको नेता’ भनिन्छ । ती दिन ती पात्रमा आज केपी ओली जसले आफ्नो महत्वाकांक्षा र अहमका कारण एमालेका स्वर्गीय नेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ अर्थात् जबजको सिद्धान्तलाई न घर न घाटको बनाए । कुरा त्यहाँबाट सुरु गरौँ जहाँबाट सुरु हुन्छ, एमालेको पाँचौँ महाधिवेशन । आजभन्दा ठिक ३३ वर्षअघि एमालेको उक्त महाधिवेशनले जबज पारित गरेको थियो । तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपा...