१४ वर्षीय वैभवको सानदार ब्याटिङ, ३२ बलमै पूरा गरे शतक - farakdhar.com
Source: FRDH
भारतीय युवा स्टार ब्याटर वैभव सूर्यवंशीले एसिया कप राइजिङ स्टार्समा यूएईसँगको खेलमा सानदार शतक बनाएका छन् । शुक्रबार जारी खेलमा उनले ३२ बलमै शतक पूरा गरेका हुन्, त्यसक्रममा सूर्यवंशीले १० चौका र ९ छक्का प्रहार गरे । उनको सानदार शतकसँगै भारत ‘ए’ ले ११ ओभरमै १७९ रन बनाएको छ ।