अनामनगरमा मिराकल डेन्टलले सुरु गर्यो सेवा - www.nepalclicks.com
Source: nplk
काठमाडौँ- काठमाडौँको अनामनगरमा मिराकल डेन्टल केयर एन्ड एस्थेटिक्स केयर सञ्चालनमा आएको छ। शुक्रवारबाट डेन्टल केयरले सेवा सुरु गरेको हो। सेवा सुरु गरेको अवसरमा यो डेन्टल क्लिनिकले २५ प्रतिशत छुटको अफर ल्याएको छ। डेन्टलले अत्याधूनिक प्रविधि र रजिस्टर्ड डेन्टिस्टसहितको दक्ष जनशक्तिमार्फत सेवा दिने सञ्चालक डा सुदिप गिरीले बताए। क्लिनिकमा दाँत तथा मुख र छालासम्बन्धी सम्पूर्ण समस्याको उपाचार सेवा उपलब्ध हुने अर्का संचालक डा विनय भण्डारिले जानकारी दिए। २५ प्रतिशत ओपनिङ अफर सीमित अवधिका लागि मात्र भएको बताइएको छ।