कर्णाली चिनाउने सर्जक बने मन्त्री (भिडियोसहित) - sahityapost.com
लेखक माधव चौलागाईं जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्नुभएको छ । आज (शुक्रवार) उहाँले वन तथा वातावरण मन्त्री नियुक्त हुँदै शपथ लिनुभएको हो । चौलागाईं आफ्नो सिर्जनामार्फत् कर्णाली चिनाउँदै आएका लेखक हुन् । केही समयअघि चौलागाईंले लखेको सिस्नुपानी नेपालको कार्यक्रममा प्रस्तुत ‘माण्ठ हुँ म माण्ठ’ गीतले निकै चर्चा पाएको थियो । उहाँको ‘सपादलक्ष कर्णाली’ किताब प्रकाहित छ । ‘माण्ठ हुँ म माण्ठ’ गीत यही पुस्तकमा समावेश छ । जुम्लाका चौलागाईंले जनस्वास्थ्य विषयमा थाइल्याण्डबाट स्नातकोत्तर गर्नुभएको छ । कक्षा १२ सम्मको अध्ययन जुम्लामै गर्नुभएका उहाँले स्नातक सुर्खेतबाट गर्नुभएको हो । थाइल्याण्डबाट फर्किएर जनस्वास्थ्यकै क्षेत्रमा कर्णालीलाई आधारभूमि बनाइ काम गर्नुभएका चौलागाईंले मानवशास्त्रमा एमफिल समेत गर्नुभएको छ । जेनजी विद्रोहपछि विगठित प्रतिनिधि सभामा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाले ४० वर्षपछि मन्त्री पाएको उल्लेख गर्दै चौलागाईंलाई बधाई दिनुभएको छ । केही समयअघि साहित्यपोस्टसँगको भिडियो संवादमा नवनियुक्त मन्त्री चौलागाईंले ‘कर्णालीलाई दया भावले नहेरी सम्मान भावले हेरिनुपर्ने’ बताउनुभएको थियो । कर्णालीलाई दया भावले होइन, सम्मान भावले हेरिनुपर्छ : माधव चौलागाईँ, लेखक The post कर्णाली चिनाउने सर्जक बने मन्त्री (भिडियोसहित) appeared first on साहित्यपोस्ट.