Redirecting...

नीलसागर आश्रममा सुबिसुको निःशुल्क वाई-फाई - ehimalayatimes.com

नीलसागर आश्रममा सुबिसुको निःशुल्क वाई-फाई - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । इन्टरनेट र टेलिभिजन सेवामार्फत् डिजिटल पहुँच विस्तार गर्दै आएको सुबिसु केबलनेट लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई सेवा जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो, जहाँ हाल दुर्ई सय ५० भन्दा बढी वृद्धवृद्धा र बालबालिकाले आश्रय लिइरहेका छन् । तीमध्ये ८० भन्दा बढी बालबालिका र एक सय ५० भन्दा बढी वृद्धवृद्धा सेवा, माया र संरक्षणको अपेक्षामा बसोबास गर्दै आएका छन् । सुबिसुले प्रदान गरेको निःशुल्क वाई-फाई सेवा केवल इन्टरनेट जडानमा सीमित नरही सेवाश्रमका बासिन्दालाई समाज र बाह्य संसारसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहने विश्वास कम्पनीले लिएको छ । सेवामार्फत् सूचना, शिक्षा, मनोरञ्जन तथा आफन्तसँगको सम्पर्क सहज भई उनीहरूको दैनिकी थप सरल र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ । २५औँ वर्षका अवसरमा कम्पनीले देशका विभिन्न स्थानमा सेवा तथा राहत वितरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै वर्ष कम्पनीले वंशीराम जैसवाल अनाथ आश्रम (गरुडा) तथा अमृता अनाथ आश्रम (कलैया) मा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममार्फत् गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकालाई सहयोग प्रदान गरिएको थियो । त्यस्तै, कम्पनीले धादिङका १२ वटा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिबीचको दूरी घटाउने पहल गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले भन्नुभयो, ‘सुबिसुले आफ्नो २५ वर्षे यात्रामा प्रविधि विस्तारसँगै समाजप्रतिको जिम्मेवारी पनि समानरूपमा अगाडि बढाउँदै आएको छ । हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो । यस्ता सिएसआर पहलहरू हाम्रो मूल मूल्य र प्रतिबद्धताका प्रतिबिम्ब हुन् ।’