कोटेश्वर–जडीबुटी अन्डरपास र फ्लाईओभर बनाउन जापानले साढे ३१ अर्ब रुपैयाँ ऋण दिने - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा आज अर्थ मन्त्रालयमा सम्झौता भएको हो । आयोजनाका लागि जापानले ३४ अर्ब ५९ करोड जापानी येन अर्थात् झन्डै ३१ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउनेछ । जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहने छ । आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाईओभर निर्माण गरिनेछ । यसबाट अहिले कोटेश्वर...