Redirecting...

अमेरिका पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ  - bankingsamachar.com

अमेरिका पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ  - bankingsamachar.com
Source: bkns

काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने बागलुङको ढोरपाटन नगरपालिका – ५ घर भई ललितपुरको ललितपुर महानगरपालिका– २ बस्ने ४८ वर्षीय मिना कुँवर रहेका छन् । उनले एक जनालाई अमेरिका पठाइदिन्छु भन्दै ९ लाख ठगी गरेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका– १५ सातदाेबाटोबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।