Redirecting...

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस - www.lumbinisanchar.com

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस - www.lumbinisanchar.com
Source: lbns

काठमाडौँ । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्ने अवसरमा आयोगका आयुक्तद्वय डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन संविधान र कानुनअनुसार शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको छ।